भियतनामको सबैभन्दा ठूलो व्यापार मेला अप्रिलमा

अर्थबिट २०७९-११-२२ ०८:०२:०० बजे

हनोई।भियतनाम एक्स्पो २०२३ अप्रिल ८ देखि १५ सम्म राजधानी हनोईमा आयोजना हुँदैछ । उक्त एक्सपोमा १५ देशका विभिन्न क्षेत्रका उत्पादनहरूको प्रदर्शनी हुने आयोजकले बताएका छन् ।

सन् १९९१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको भियतनाम एक्सपो भियतनामी व्यवसायहरूका लागि आफ्ना उत्पादनहरूको प्रचारप्रसारका लागि  उपयुक्त मञ्च हुने विश्वास गरिएको छ । यस वर्षको प्रदर्शनीमा १५ देशका विभिन्न ५०० भन्दा बढी कर्पोरेशनहरूको सहभागिता रहने आयोजक भिनेक्सड कम्पनीले जनाएको छ।

कार्यक्रमले इलेक्ट्रोनिक्स, मेसिनरी, उपकरण र सहयोगी उद्योगहरू, डिजिटल प्रविधि, र ई-कमर्स लगायतका विभिन्न उद्योगहरूलाई समेट्नेछ।

आयोजकका अनुसार प्रदर्शनीको मुख्यतया चीन, कम्बोडिया, इन्डोनेसिया र दक्षिण कोरियालगायत देशका उत्कृष्ट उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अन्तरराष्ट्रिय मञ्च समावेश छन्।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।