दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा घट्यो

अर्थबिट २०७९-११-२२ ०८:०४:०० बजे

सोल।दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले  देखाएको छ । 

बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो ।

यो सँगै बलियो डलरले गैर-डलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ। 

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तरराष्ट्रिय मुद्रा कोष) रहेको छ ।

जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।