अमेरिकी निजी रोजगारीको सङ्ख्या फेब्रुअरीमा दुई लाख बयालीस हजार थप वृद्धि

अर्थबिट २०७९-११-२५ १४:०६:०० बजे

वासिङटन।अमेरिकी रोजगारीमा योगदान गर्ने एक कम्पनी (एडीपी) ले बुधबार अमेरिकी रोजगारदाताहरूले फेब्रुअरीमा आफ्नो रोजगारीको गति बढाएको जनाएको छ । 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई शान्त पार्ने थप प्रयासको आवश्यकता पर्न सक्ने थप सङ्केत दिँदै एडीपीले उक्त कदम चालेको बताएको छ ।

निजी क्षेत्रको रोजगारी फेब्रुअरीमा दुई लाख ४२ हजारले बढेको छ, जुन जनवरीमा संशोधित एक लाख १९ हजारको तुलनामा झण्डै दोब्बर हो र विश्लेषकहरूले अपेक्षा गरेभन्दा निकै बढी हो । 

फेडरल रिजर्भको मूल्य वृद्धिलाई नियन्त्रण गर्ने प्रयासको बावजुद यो हालैका सूचकहरूको एक शृङ्खलाले रोजगारी वृद्धि बलियो, उपभोक्ता खर्च लचिलो र मुद्रास्फीति स्थिर रहेको जनाएको छ । 

एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले भन्नुभयो, “हामीले रोजगारी दरमा वृद्धि देखिरहेका छौं । यो अर्थव्यवस्था र कामदारहरूको लागि राम्रो छ । तर तलब वृद्धि अझै पनि धेरै उच्च छ ।

उहाँले भन्नुभयो, “तलब वृद्धिमा सामान्य मन्दीले निकट भविष्यमा मुद्रास्फितिलाई द्रूत गतिमा घटाउने सम्भावना छैन ।

फेब्रुअरीमा, एक वर्ष पहिलेको तुलनामा तलब वृद्धि ७.२ प्रतिशतमा खुम्चिएको छ र रोजगारी परिवर्तन गर्ने कामदारहरूको ज्याला वृद्धि पनि १४.३ प्रतिशतमा झरेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।