क्यानडामा फेब्रुअरीमा रोजगारी सिर्जनामा सुस्तता, बेरोजगारी पाँच प्रतिशत कायम

अर्थबिट २०७९-११-२७ १५:१५:०० बजे

ओटावा। क्यानडाले फेब्रुअरीमा २२ हजार नयाँ रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ भने बेरोजगारी दर पाँच प्रतिशतको न्यून रेकर्डबाट बढ्न नदिन सफल भएको राष्ट्रिय तथ्याङ्क एजेन्सीले शुक्रबार भनेको छ।

डिसेम्बर र जनवरीमा दुई ठूलो आकारको आर्थिक वृद्धिपछि रोजगारीमा सामान्य वृद्धि व्यापक रूपमा अपेक्षित थियो, र पछिल्लो छ महिनामा अर्थात् फेब्रुअरीमा सम्ममा समग्र १.८ प्रतिशत (करिब तीन लाख ४८ हजार रोजगारी) का अवसर सिर्जना गरेको छ ।  

यसैबीच, बेरोजगारी दर गत जुन र जुलाईमा देखिएको ४.९ प्रतिशतको उच्च रेकर्डभन्दा डिसेम्बरमा झरेको छ ।

क्यानाडेली तथ्याङ्क कार्यालयका अनुसार फेब्रुअरीमा स्वास्थ्य सेवा र सामाजिक सहायता १५ हजार, सार्वजनिक प्रशासन १० हजार र उपभोग्य सेवामा सात हजार ५०० रोजगारी बढेको छ । 

यो अवधिमा मानिसहरूले व्यवसाय, भवन र अन्य समर्थन सेवा क्षेत्रहरूमा नयाँ रोजगारीका न्यून अवसर पाएका छन् । 

विशेष गरी, ५५ देखि ६४ वर्ष उमेर समूहका क्यानाडेलीको रोजगारीमा ठूलो वृद्धि देखिएको छ । यो उमेर समूहका १० मध्ये छ जना भन्दा बढी महिलाले यो महिनामा रोजगारी पाएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।