मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

अर्थबिट २०७९-११-२९ १०:००:०० बजे

क्वालालम्पुर।मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप–क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ ।

यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको छ । 

यद्यपि, गत बर्षको डिसेम्बरको तुलनामा थोक र खुद्रा व्यापारको बिक्री मूल्य १.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

डिसेम्बरको तुलनामा सवारी साधन निर्माण क्षेत्रको बिक्री मूल्यमा १३.४ प्रतिशतले घटेको कारण थोक तथा खुद्रा कारोबारमा पनि कमी आएको देखिएको हो । 

सोमबार मलेसियाको १ रिङ्गिट बराबर ०.२२ अमेरिकी डलर कायम रहेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।