एक बोरा सिक्काले एउटा स्कुटी !

अर्थबिट २०७९-१२-०८ ०७:१६:०० बजे

गुवाहाटी।यहाँको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र  १० का सिक्का जम्मा गरेर नयाँ स्कुटी खरिद गरेका हुन् ।

अर्थाभावका कारण स्कुटी किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का सङ्कलन थालेका थिए । उनको यो प्रयासलाई  प्रेरणादायी अभ्यास भन्दै स्कुटी शोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एक दिन चारपाङ्ग्रे सवारी साधन गर्ने अवस्थामा पु¥याउन बताएका छन् । 

एक बोरा सिक्का लिएर शोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा रु ९० हजार रहेछ । बिक्रेताले हकको चाहनाअनुसारको स्कुटी उनलाई हस्तान्तरण गरे । एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन् । 

पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटी खरिद गरेको समाचार स्थानीय टेलिभिजनमा देख्दा तथा पत्रपत्रिकामा पढ्दा आफूलाई ज्यादै खुशी लागेको एएनआई संवाददातालाई बताएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।