जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि

अर्थबिट २०७९-१२-०९ १५:५०:०० बजे

टोकियो।जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ को जनवरी १ सम्ममा देशभरका करिब २६ हजार स्थानमा गरिएको सर्वेक्षणमा औसत मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले बढी रहेको जनाइएको छ । 

यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिड–१९ को प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको मन्त्रालयले जनाएको छ ।

सन् २००८ मा १.७ प्रतिशतले मूल्य वृद्धि भएयता सबैभन्दा बढी मूल्य वृद्धि भए पनि यो वृद्धि प्रमुख शहरभन्दा बाहिर देशभर फैलिएको मन्त्रालयले जनाएको छ ।

टोकियो, ओसाका र नागोयाको सबैभन्दा ठूलो सङ्ख्या २.१ प्रतिशतले बढेको छ भने चार क्षेत्रीय शहर साप्पोरो, सेन्दाई, हिरोशिमा र फुकुओकाको मूल्यमा ८.५ प्रतिशतले वृद्धि भएको छ । 

कोभिड–१९ महामारीको प्रभावका कारण जग्गाको मूल्य वृद्धि हुँदै आएको भए पनि अहिले मध्यम आर्थिक पुनः उत्थानका कारण मूल्य वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।