अब एम्बाप्पेको कप्तानीमा फ्रान्सेली फुटबल

अर्थबिट २०७९-१२-०९ ११:४२:०० बजे

पेरिस।फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।  

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो । 

दोहा विश्वकपमा अर्जेन्टिनासँग  पेनाल्टी सुटआउटमा भएको पराजयमात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ । फ्रान्सेली फुटबल सङ्घका अध्यक्ष 

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब  जिनेदिन जिदानले सम्हाल्ने संभावना बढेको छ ।

लामो समयदेखि ‘ब्याकअप’ गोलकिपर स्टिभ मन्डान्डाले सन्न्यास लिएपछि एसी मिलानका माइक मैगनन उनको स्थान लिएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।