नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने एडिबीको अनुमान

अर्थबिट २०७९-१२-२१ ०४:४७:०० बजे

काठमाण्डौ।एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ । 

बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने पछिल्लो अनुमान सार्वजनिक गरेको हो । 

बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) को पछिल्लो संस्करणमा चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । 

कडा मौद्रिक नीति, सुस्त घरेलु माग, कोभिड राहत फिर्ता र प्रतिकूल विश्व परिदृश्यका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन सुस्त हुने एडिबीले जनाएको छ । 

प्रतिवेदनले नेपालको कृषि क्षेत्रको वृद्धि यस वर्ष गत वर्षको २.३ प्रतिशतको तुलनामा घटेर २ प्रतिशत मात्र हुने उल्लेख गरेको छ । 

सन् २०२३ मा नेपालको मूल्य वृद्धि चालु गत आर्थिक वर्षको तुलनामा बढेर ७. ४ प्रतिशत हुने र चालु खाता घाटा घटेर ४ प्रतिशत मात्र हुने उल्लेख गरेको छ ।   

विश्व अर्थतन्त्रको समस्याले नेपालको पर्यटन र रेमिट्यान्स आप्रवाहलाई धक्का दिने जोखिम देखिएको एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नाउड काउचोइसले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।