श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव

अर्थबिट २०८०-०१-१५ १५:३७:०० बजे

कोलम्बो।श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताउनुभएको छ ।

सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये११२ प्रकारका औषधिको अभाव रहेको उहाँले बताउनुभयो ।

सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उहाँले बताउनुभयो । 

आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थप गरेको जानकारी दिँदै उहाँले अभाव चाँडै अन्त्य हुने दावी गर्नुभयो ।

श्रीलङ्काको आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।