सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत

अर्थबिट २०८०-०१-१८ १७:२८:०० बजे

ब्रसेल्स।सन् २०२२ मा युरापेली सङ्घ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका ईयूले जनाएको छ ।

यो सन् २००९ मा रोजगारी दर रेकर्ड गर्न शुरू भए यताकै सबैभन्दा बढी हो ।

कोभिड–१९ महामारीका कारण सन् २०२० मा रोजगारीको दर ७२ प्रतिशतमा झरेको थियो । तर, सन् २०२१ मा यो दर ७३ प्रतिशतमा पुगेको र सन् २०२२ मा थप २ प्रतिशत बिन्दुले वृद्धि भएको हो ।

ईयू देशहरू मध्ये, ११ मा रोजगार दर ७८ प्रतिशतभन्दा माथि रहेको बताइएको छ । 

सामाजिक अधिकारको युरोपेली स्तम्भको २०३० कार्य योजनामा निर्धारित तीन लक्ष्यहरू मध्ये एक, नेदरल्याण्ड्समा (८३ प्रतिशत), स्वीडेन र इस्टोनियामा ( ८२ प्रतिशत) सहित उच्चतम अवस्थामा छ । ईयू सदस्य राष्ट्रमध्ये सबैभन्दा कम रोजगारी दर इटालीमा ६५ प्रतिशत, ग्रीसमा ६६ प्रतिशत र रोमानियामा ६९ प्रतिशत रहेको देखिएको छ । 

सन् २०२२ मा ईयूको अधिक योग्यता दर २२ प्रतिशत रहेको थियो, जसमा पुरुष २१ प्रतिशत र महिला २३ प्रतिशत थियो ।

ईयू मुलुकमध्ये स्पेनमा सबैभन्दा बढी (३६ प्रतिशत), ग्रीस र साइप्रस दुबैमा ३२ प्रतिशत अधिक योग्यता दर रहेको छ ।

अधिक योग्यता दर लक्जेम्बर्गमा ७ प्रतिशत, स्वीडेन, डेनमार्क, हङ्गेरी र चकोस्लोभाकिया हरेकमा १४ प्रतिशत अर्थात् सबैभन्दा कम अधिक योग्यता दर देखिएको छ ।

ईयूका २७ देशमध्ये १९ मा पुरुषको तुलनामा महिलामा बढी योग्यताको दर देखिएको छ । 

#EU

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।