नेपाल आर्थिक संघ र अर्थमन्त्री बीच भेटघाट

अर्थबिट २०८०-०१-१८ ०४:१६:०० बजे

काठमाण्डौ।नेपाल आर्थिक संघ, नेपालका अर्थशास्त्रीहरुको एकमात्र  साझा संगठन,  का वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्त्वमा गएको संघ को टोलीले  अर्थमन्त्री डा. प्रकाश शरण महत लाई भेटी विभिन्न बिसयमा जानकारी गराएको छ। 

अगामी आर्थीक बर्ष २०८०र८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउन पर्ने कुरामा जोड़ दिईएको थियो। 

अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको सङ्गठन भएकोले सहकार्य गर्न तयार रहेको कुरा वताउनु भएको छ। आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा वताउनु भयो।

सोहि अवसरमा  संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थमन्त्रीलाई मानार्थ सदस्यता प्रधान पनि गर्नुभएको थियो। उक्त अवसरमा उपाध्यक्ष्य प्रा डा गोबिन्द नेपालले अर्थ मन्त्रालय सँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताउनु भयो। त्यसैगरी नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारी देश बिभिन्न जल्दा बल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघ सँग सहकार्य गर्दा त्यो पनि अनुसन्धान आधारित, सरकारलाई उयोगी बजेट आउन सक्छ।  तेसैले अनुसंधानमा आधारित प्रतिबेदन हरू जसले देसको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्छ, तेस्मा अर्थ मन्त्रालय ले राम्रोसंग अध्यान गरि बजेट मा समाबेश गर्न सके बस्तुपरक हुने कुरा, डा तिवारीले बताउनु भयो । 

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोश राज पांडेले नेपाल आर्थिक संघ सँग सरकार पहिलेदेखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्य मा लागिपरेको जनकारी दिनु भयो।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।