संयुक्त राष्ट्रसंघ महासचिवद्वारा सुडानका युद्धरत पक्षलाई शान्ति, मेलमिलापका निम्ति आग्रह

अर्थबिट २०८०-०१-२१ १७:४७:०० बजे

नैरोबी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गर्नुभएको छ।

बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उहाँले सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गर्नुभएको छ।

केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यमा सुडानमा शुरु भएको द्वन्द्व गम्भीर चिन्ताको विषय रहेको बताउँदै लडाकूहरूबीच हतियार बिसाउँनु जरुरी रहेको बताउनु भएको छ।

"ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ," गुटरेसले भन्नुभयो। "सबै पक्षहरूले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ - जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो", उहाँको टिप्पणी छ ।

महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरूसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ  । साथै यस वर्षको संयुक्त राष्ट्रसंघ प्रणाली प्रमुख कार्यकारी बोर्ड समन्वयको पहिलो सत्रको अध्यक्षता गर्ने पनि अपेक्षा गरिएको छ।

सो बोर्ड जुन प्रत्येक वर्ष दुई पटक बैठक बस्ने गर्छ । त्यसले संयुक्त राष्ट्रसंघ एजेन्सीहरू, कोष र कार्यक्रमहरूका नेताहरूलाई एकसाथ  भेला पारेर संयुक्त राष्ट्रसंघ प्रणालीको उच्च समन्वय मञ्चको रूपमा प्रस्तुत हुन्छ ।

खाना, सफा पिउने पानी र अत्यावश्यक औषधिको पहुँचको अभावमा सुडानको सङ्कटले नागरिकहरूलाई मारमा पारेको स्वीकार भन्दै महासचिवले सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल-बुर्हान लगायत सबैलाई शान्तिका लागि आग्रह गर्नु भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।