युक्रेनमा तत्काल शान्ति वार्ता असम्भव : राष्ट्रसङ्घ प्रमुख

अर्थबिट २०८०-०१-२७ १५:५१:०० बजे

मड्रिड।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताउनुभएको छ ।

रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय हासिल गर्न आह्वान गरिरहेका बेला उहाँको यो भनाइ आएको हो ।

संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, “दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरूले युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन् ।”

भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उहाँले बताउनुभएको हो ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर भिक्ट्री डे परेडमा विश्व ‘टर्निङ प्वाइन्ट’मा रहेको र रूसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गर्नुभएको थियो ।

त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने बताउनुभएको थियो ।

युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गर्नुभएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।