प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै सामान खरिद नगर्ने

अर्थबिट २०८०-०२-०१ १६:४१:०० बजे

ढाका।बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताउनुभएको छ ।

बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको शनिबार ढाकामा उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “अहिले आतङ्कवाद नियन्त्रण गर्नेहरूमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति देखिएको छ । हामीले एउटा निर्णय गरेका छौं । मैले भनेको छु कि हामी प्रतिबन्ध लगाउनेहरूबाट केही पनि किन्ने छैनौ,” प्रधानमन्त्रीले भन्नुभयो । 

हसिनाले यसअघि बङ्गलादेशको विशेष सुरक्षा बल एकाइ, ¥्यापिड एक्सन बटालियन (आरएबी) का अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको निन्दा गर्दै यो कदम ‘अत्यन्त निन्दनीय कार्य’ भएको बताउनुभएको थियो । 

उहाँले दक्षिण एशियाली मुलुकले आतङ्कवाद र आतङ्कवादी प्रवृतिलाई नियन्त्रण गर्ने प्रयासमा अभिजात वर्गले ठूलो योगदान पु¥याएको बताउनुभयो । 

डिसेम्बर २०२१ मा, अमेरिकी ट्रेजरी विभाग र विदेश विभागले आरएबी र यसका सात बहालवाला र पूर्व शीर्ष अधिकारीहरूमाथि मानव अधिकार उल्लङ्घन गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।