मे महिनामा श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर २५.२ प्रतिशतमा सीमित

अर्थबिट २०८०-०२-१८ १६:१६:०० बजे

कोलम्बो।श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।

कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क (सीसीपीआई) ले श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५.२ प्रतिशत कायम भएको सङ्केत गरेको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले बुधबार जनाएको छ ।

मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय सङ्कटबाट नराम्ररी प्रभावित सङ्कटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ । श्रीलङ्काले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय सङ्कटका कारण देशमा आर्थिक तथा राजनीतिक देखिएको थियो । 

खाद्य मुद्रास्फीति अप्रिलमा ३०.६ प्रतिशत रहेकोमा मे मा २१.५ प्रतिशत कायम भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरिएको थियो । सन् २०२३ को अन्त्यसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कको स्तरमा ल्याउनेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।