मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन विक्री ८२ प्रतिशतले बढ्यो

अर्थबिट २०८०-०२-२१ १५:२४:०० बजे

बेइजिङ।चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ ।

विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४८३, ००० वटा त्यस्ता सवारी साधन विक्री भएको थियो ।

यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७.२९ मिलियन युनिट पुगेको छ । सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा विक्री प्रवर्द्धन, केन्द्र र स्थानीय सरकारद्वारा ल्याइएका उपभोग अनुदान नीतिलाई प्रश्रय दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।