श्रीलङ्काको पर्यटन आयमा मे महिनामा उल्लेखनीय वृद्धि

अर्थबिट २०८०-०२-२१ १५:२७:०० बजे

कोलम्बो।श्रीलङ्काको पर्यटन क्षेत्रको आयमा गत मे महिनामा २०० प्रतिशतको उल्लेखनीय वृद्धि भई १३ करोड १५ लाख अमेरिकी डलर पुगेको श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । 

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँग भन्नुभयो, “मे महिना पर्यटक आगमनका लागि खासै महत्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो ।

सन् २०२२ को मे महिनामा पर्यटनबाट चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ को पहिलो पाँच महिनामा कुल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३०.४ प्रतिशतले बढी हो । 

श्रीलङ्कामा यस वर्षको पहिलो पाँच महिनामा पाँच लाख २४ हजार ४८६ विदेशी पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ ।श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र दक्षिण एशियाली मुलुकमा आर्थिक तथा राजनीतिक सङ्कटका कारण धराशायी भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।