अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी र प्रतिकुल मौसमको चेतावनी

अर्थबिट २०८०-०२-२६ १५:४९:०० बजे

वासिङ्टन।अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तातो भएको, मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थिया । यो अवस्था औसतमा प्रत्येक २–७ वर्षमा देखिने गर्छ ।

एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सले भन्नुभयो, “यसको शक्तिको आधारमा, एल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ ।”

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले एल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ । पहिले नै औसत भन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी एल निनोको समयमा एल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ ।” 

यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो भने जापानले एल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

एनओएएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गर्मीयाममा संयुक्त राज्य अमेरिकामा यो घटनाको प्रभाव कमजोर हुन्छ तर शरद ऋतुको अन्त्यदेखि वसन्त ऋतुसम्म बढी प्रतिकुल प्रभाव छोड्ने देखिएको छ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।