सन् २०१८ यता चीनमा एक लाख ८० हजारभन्दा बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

अर्थबिट २०८०-०२-३० १०:०५:०० बजे

बेइजिङ।सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पु¥यागएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।

एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायःयस किसिमका मुद्दामा अवैध कोष सङ्कलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।