१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै

अर्थबिट २०८०-०३-०६ ०५:३८:०० बजे

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१÷८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ ।

१६औँ योजनाका लागिआयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।