मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल

अर्थबिट २०८०-०३-०७ १७:०६:०० बजे

नयाँ दिल्ली।विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको बताउनुभएको छ । 

विश्वका अति धनाड्य व्यक्तिमध्येका एक मस्कले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीले हामीलाई भारतमा महत्वपूर्ण लगानी गर्न आग्रह गर्नुभएको छ । हामी पनि यसका लागि सकारात्मक छौं र सही समय पत्ता लगाउने प्रयास गरिरहेका छौं ।”

नयाँ दिल्लीले पछिल्ला केही वर्षमा गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ । 

कोरोनाभाइरस महामारीपछि, धेरै कम्पनीहरूले चीनमा उनीहरूको आपूर्ति–श्रृङ्खला निर्भरता कम गर्न र दक्षिण एसियाली राष्ट्रको विशाल घरेलु बजारमा जोड्ने अवसरका रूपमा भारतमा आफ्नो उपस्थिति विस्तार गर्नुभएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।