अमेरिकामा रोजगारी खोज्नेहरूको दरमा कमी

अर्थबिट २०८०-०३-२४ १४:१५:०० बजे

वासिङ्टन।संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थव्यवस्थामा चिसोपनको सङ्केत देखाइरहेको छ ।

रोजगार दरमा आएको सुस्त गतिले अमेरिकी फेडरल रिजर्भलाई केही राहत प्रदान गर्नेछ । यसले हालै नीति निर्माताहरूलाई अमेरिकी अर्थव्यवस्थाको अवस्थाको आँकलन गर्न थप समय दिनको लागी दर वृद्धिको आफ्नो आक्रामक अभियान लाई रोकेको छ । 

मार्च २०२२ देखि फेडको ब्याजदरमा पाँच प्रतिशत बिन्दुले वृद्धि भएको र ब्याजको वृद्धिको तीव्र गतिको बावजुद, मुद्रास्फीति दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि रहेको छ । 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना दुई लाख नौ हजार रोजगारी सिर्जना गरेको चिनियाँ श्रम विभागले जनाएको छ । यसबीच, बेरोजगारी दर ३.६ प्रतिशतमा झरेको छ, जुन लामो समयदेखिको अत्यधिक न्यून दरको नजिक रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।