थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा

अर्थबिट २०८०-०३-२६ १४:५०:०० बजे

बैंकक।थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । 

युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको आधिकारिक फेसबुक पेजमा उहाँले जारी गर्नुभएको विज्ञप्तिमा “अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु,” भन्नुभएको छ । उहाँले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गर्नुभएको छ । 

उहाँको यो निर्णय थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि सार्वजनिक भएको हो । आठ वर्षअघि सत्ता कब्जा गर्नुभएका सेना प्रमुख उहाँले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गर्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।