श्रीलङ्काको मुद्रास्फीति १०.८ प्रतिशत कायम

अर्थबिट २०८०-०४-०६ १४:०२:०० बजे

कोलम्बो । श्रीलङ्काको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ ।

श्रीलङ्काको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा यसमा थप कमी आई १०.८ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।

विभागका अनुसार खाद्य क्षेत्रको मुद्रास्फीति मे महिनामा १५.८ प्रतिशत रहेकोमा गत महिना घटेर २.५ प्रतिशतमा झरेको छ ।

गैर–खाद्य समूहको मुद्रास्फीति जुनमा २७.६ प्रतिशतबाट घटेर १८.३ प्रतिशतमा झरेको छ । 

गत बर्ष एनसीपीआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको श्रीलङ्काको मुद्रास्फीति सेप्टेम्बर २०२२ देखि निरन्तर घटिरहेको छ । 

श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ र सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कमा झार्ने बताएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।