हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

अर्थबिट २०८०-०४-१० १८:१८:०० बजे

न्युयोर्क । काठमाण्डौ । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवद्र्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गर्नुभयो । भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापीस्तरमा पु¥याउन सहायता रकम उपयोग हुने बताइएको छ । 

विश्वव्यापी रूपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो । विशेषगरी यो भाषा भारतमा बोलिन्छ भने अन्य राष्ट्रमा पनि यो भाषा बोल्नेहरू छन् ।  भारतले संयुक्त राष्ट्रसङ्घमा हिन्दीको प्रयोगलाई प्रोत्साहन गर्नुको मुख्य कारण हिन्दी भाषीलाई विश्वव्यापी मान्यता दिनु हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।