श्रीलङ्कामा पूराना १७५ यात्रुबाहक बस पुनः प्रयोगमा ल्याइने

अर्थबिट २०८०-०४-१० १८:२३:०० बजे

कोलम्बो । श्रीलङ्काको सरकारी स्वामित्वको श्रीलङ्का यातायात बोर्डका पूराना भई हटाइएका १७५ वटा बस पुनः प्रयोगका लागि मर्मत गरिएको छ ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बस पुनः प्रयोगका लागि मर्मत गरिएकोबारे जानकारी गराइएको हो ।

विभागले भनेको छ, “यी बसहरू देशको आयात प्रतिबन्धको परिणामस्वरूप स्पेयर पार्ट्सको कमीको कारण सेवाबाट हटाइएको थियो ।”

करिब ३० करोड श्रीलङ्काली रुपैयाँ अर्थात् नौ लाख १२ हजार अमेरिकी डलरको लागतमा १७५ वटा बस सञ्चालनमा ल्याइएको पीएमडीले जनाएको छ ।

पूराना बसहरू मध्ये १५ वटा विद्यालयका साना बालबालिकाको सुविधाका लागि प्रयोग गरिने र अन्य बस सार्वजनिक यातायातको यात्रुहरूको यातायात आवश्यकताहरू पूरा गर्न सम्बन्धित बस डिपोहरूलाई हस्तान्तरण गरिनेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।