ईयूले हानिकारक रसायनहरू प्रयोग गरिने आयातित खेलौनाहरूमा प्रतिबन्ध लगाउने

अर्थबिट २०८०-०४-१३ १६:५५:०० बजे

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले आयातित खेलौनाहरूमा प्रयोग गरिने हानिकारक रसायनहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

युरोपेली संघ (ईयू) ले युरोपेली आयोगले शुक्रबार प्रस्ताव गरेको नयाँ नियमअन्तर्गत आयातित खेलौनाहरूमा बालबालिकाका लागि असुरक्षित मानिएका (विशेष गरी वृद्धि हार्मोनलाई अवरोध गर्ने ) रसायनहरूमा प्रतिबन्ध लगाउने गृहकार्य थालेको हो ।

युरोपेली सङ्घ (ईयू) मा आयात हुने खेलौनाको सबैभन्दा ठूलो उत्पादक चीन हो र सन् २०२१ मा ल्याइएका खेलौनाको मूल्यको ८३ प्रतिशत हिस्सा ओगटेको ईयूको आधिकारिक तथ्याङ्क निकाय युरोस्टाटले जनाएको छ ।

ईयूका आन्तरिक बजार आयुक्त थियरी ब्रेटनले भन्नुभयो, “ विशेष गरी ईयू सीमाहरूमा असुरक्षित खेलौनाहरू अझ सजिलै पत्ता लगाउन अनुमति दिने डिजिटल प्रविधि प्रवर्तनलाई बढावा दिइनेछ ।”

आयोगको प्रस्तावित खेलौना सुरक्षा नियमनले सन् २००९ देखि ईयूको विद्यमान कानूनमा रहेका छिद्रहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ जसले २७ राष्ट्रको समूहमा बिक्री हुने खेलौनाहरूमा सुरक्षा मापदण्डहरू निर्धारण गर्दछ ।

यसले अनलाइन बिक्रीलाई राम्रोसँग सम्बोधन गर्न नियमहरू अद्यावधिक गर्न खोज्छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा ईयूमा खरिद गरिएका खेलौनाहरू ‘पहिले नै विश्वकै सबैभन्दा सुरक्षित खेलौनाहरूमध्ये एक’ रहेको उल्लेख गरिएको छ ।

विशेष गरी आयातित खेलौनाहरूलाई ध्यानमा राख्दै यसले अझै धेरै गर्न आवश्यक छ । ‘ईयूमा अझै पनि विशेष गरी असुरक्षित अनलाइन खेलौनाहरूको उच्च सङ्ख्या छ ।

प्रस्तावित संशोधनमा खेलौनाहरूमा ‘अन्तःस्रावी प्रणालीलाई असर गर्ने रसायनहरू, र श्वसन प्रणालीलाई असर गर्ने वा कुनै विशेष अङ्गको लागि विषाक्त हुने रसायनहरू’ समावेश गरिएको छ ।

अन्तःस्रावी प्रणालीमा हर्मोन उत्पादन गर्ने ग्रन्थीहरू हुन्छन् । यसले बच्चाहरूमा सामान्य गतिविधिमा बाधा पु¥याउने रसायनहरूको वृद्धि, थाइराइडको घटबढ र यौवन विकाससम्बन्धी अङ्गलाई असर गर्न सक्छ, र मधुमेह वा मोटोपनमा योगदान पु¥याउँछ ।

ईयूमामा बिक्री हुने सबै खेलौनासुरक्षित छन् भन्ने सुनिश्चित गर्न कमिसनले आयातकर्तालाई ‘डिजिटल प्रोडक्ट पासपोर्ट’ खरिद गर्नुपर्ने सुझाव दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।