द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि...

अर्थबिट २०८०-०४-१४ १२:०५:०० बजे

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।

पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पु¥याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।

तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो । दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशङ्का स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।