श्रीलङ्कामा खानेपानी अभाव

अर्थबिट २०८०-०४-२३ १६:५९:०० बजे

कोलम्बो । श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले सोमबार जनाएको छ।

 डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट  प्रत्यक्ष प्रभावित भएको बताएका छन् ।

यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले  आवश्यक कदम चालेको पनि उनले बताए ।

डीएमसीका अनुसार दक्षिण एसियाली टापु देशमा खडेरी सामान्यतया मनसुन  शुरु हुने ढिलाइ वा वर्षाको अस्थायी परिवर्तनशीलताका कारण हुने गर्दछ  । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।