सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

अर्थबिट २०८०-०४-२८ १५:३२:०० बजे

न्यूयोर्क ।  अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।

सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्याङ्कले पनि त्यसैलाई पुष्टि गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।