इन्डोनेसियाद्वारा विद्युतीय सवारी साधन प्रयोगमा जोड

अर्थबिट २०८०-०४-३१ ०९:०२:०० बजे

जकार्ता । इन्डोनेसियाली सरकारले हालै जकार्तामा गम्भीर वायु प्रदूषणको चपेटामा परेपछि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिँदै विद्युतीय सवारी साधन प्रयोगतर्फ अगाडि बढ्न जनतालाई आह्वान गरेको छ । 

इन्डोनेसियाका राज्य–स्वामित्वका उद्यम मन्त्री एरिक थोहिरले जकार्तामा हालै देखिएको वायु प्रदूषण देशको इतिहासमा सबैभन्दा खराब भएकाले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएका छन् ।

“एक समाधान भनेको वैकल्पिक ऊर्जा प्रयोग गर्नु हो जुन वातावरणमैत्री छ । त्यसैले सरकारले परम्परागत इन्धनबाट चल्ने सवारी साधनबाट विद्युतीय सवारी साधनमा परिवर्तन गर्न जोड दिइरहेको छ,” थोहिरले भर्चुअल सेमिनारमा भन्नु भएको छ ।

राष्ट्रपति जोको विडोडोले सोमबार अगस्ट १३ सम्म राजधानीको वायु गुणस्तर सूचकाङ्क  एक सय ५६ मा पुगेको उल्लेख गर्नुभएको छ । यो अवस्था वायु प्रदूषणका हिसाबले अत्यन्त खराब हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।