डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी

अर्थबिट २०८०-०५-०३ १४:१८:०० बजे

बेइजिङ्ग । बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो छ महिनामा ९१८.०५ अर्ब युआन (करिब १२७.५ अर्ब अमेरिकी डलर) पुगेको छ । यो बेइजिङ शहरको कुल गार्हस्थ्य उत्पादनको ४४.५ प्रतिशत हो । 

बेइजिङ नगर अर्थशास्त्र तथा सूचना तथा प्रबिधिका उपप्रमुख वाङ लेईले डिजिटल अर्थव्यवस्था बेइजिङमा सबैभन्दा गतिशील नयाँ विकास चालक र उच्च गुणस्तरको विकासको लागि नयाँ इन्जिन बनेको बताउनुभयो । 

वाङले भन्नुभयो, “बेइजिङले डिजिटल अर्थव्यवस्थाको विकासलाई बढावा दिन नीति र नियमहरूको एक श्रृङ्खला लागू गरी कार्यान्वयनमा ल्याएको छ ।

सन् २०२२ मा चीनको डिजिटल अर्थतन्त्रको मापन बढेर ५०.२ ट्रिलियन युआन पुगेको छ । देशको कूल गार्हस्थ्य उत्पादनमा डिजिटल अर्थव्यवस्थाको हिस्सा ४१.५ प्रतिशत पुगेको छ, जसले यसलाई स्थिर वृद्धि र रूपान्तरणको लागि एक महत्वपूर्ण आधार बनाएको छ ।

हाल, संसारभर देशहरूले डिजिटल अर्थव्यवस्थाका प्रमुख क्षेत्रहरूको विकासलाई तीव्रता दिइरहेका छन् र डिजिटल प्रबिधि र उद्योगहरू, औद्योगिक ‘डिजिटलाइजेसन’ र तथ्याङ्कीय क्षेत्रहरूमा सक्रिय रूपमा विकासका अवसरहरूलाई कब्जा गरिरहेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।