खडेरीका कारण २ लाख ५० हजार श्रीलङ्कालीहरू पिउँने पानीको अभावमा

अर्थबिट २०८०-०५-०५ १३:१६:०० बजे

कोलम्बो । खडेरीका कारण करिब २५०,००० श्रीलङ्कालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् ।   श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मङ्गलबार यस बारे  सार्वजनिक जानकारी गराएको छ । डीएमसीले आफ्नो पछिल्लो  प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ।

यसअघि श्रीलङ्काको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकोले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो।

 मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।