ब्याजदर थप बढाउने तयारी

अर्थबिट २०८०-०५-०९ १४:२९:०० बजे

वासिङ्टन । अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको बताउनुभएको छ । 

वायोमिङमा आयोजित ‘ज्याक्सन होल इकोनोमिक सिम्पोजियम’मा उहाँले भन्नुभयो, “यदि उपयुक्त भएमा हामी ब्याजदर बढाउन तयार छौं र मुद्रास्फीति हाम्रो उद्देश्यतर्फ दिगो रूपमा तल जाँदैछ भन्ने कुरामा हामी विश्वस्त नभएसम्म प्रतिबन्धात्मक स्तरमा नीति कायम राख्नु आवश्यक छ ।”

करिब डेड बर्षको (१८ महिनाभन्दा कम) समयमा ११ पटक ब्याजदर वृद्धि भएपछि अमेरिकी महत्वपूर्ण  कर्जा दर अहिले ५.२५ देखि ५.५ प्रतिशतको बीचमा रहेको छ, जुन २२ वर्षयताकै उच्च स्तर हो ।

यद्यपि, ब्याज दर वृद्धिको द्रूत चक्रले मुद्रास्फीतिलाई रोक्न असफल भएको छ, जुन फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि अड्केको छ ।

केन्द्रीय बैंकरहरूको यस वर्षको ‘ज्याक्सन होल रिट्रीट’ले विश्वव्यापी अर्थव्यवस्थामा संरचनात्मक परिवर्तनहरूको परीक्षण गर्ने क्यान्सास सिटी फेडले एक विज्ञप्तिमा जनाएको छ । 

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टीन लेगार्डले शुक्रबार अपराह्न उक्त गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ भने बेलायत र जापानका वरिष्ठ केन्द्रीय बैंकरहरूले शनिबार समूहगत छलफलमा भाग लिनेछन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।