भियतनाम एयरलाइन्स र बोइङबीच करिब आठ अर्ब डलरको सम्झौता

अर्थबिट २०८०-०५-२५ १३:५७:०० बजे

हनोई । भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हनोईमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले बोइङ र भियतनामको राष्ट्रिय वायुसेवा कम्पनीबीच भएको ऐतिहासिक सम्झौताको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ ।

यो सम्झौताले संयुक्त राज्य अमेरिकामा ३० हजारभन्दा बढी रोजगारीलाई सहयोग गर्नेछ ।

भियतनाम एयरलाइन्सले ७३७ मध्ये ५० वटा विमान खरिद गर्ने बाइडेनले अमेरिकी र भियतनामी उच्च कम्पनीका वरिष्ठ अधिकारीहरूसँगको गोलमेच सम्मेलनका क्रममा बताउनुभयो ।

भियतनाम एयरलाइन्ससँग हाल १५ वटा बोइङ ७८७ ड्रीमलाइनरसहित १०० वटा विमान छन् ।

बोइङ जेटले एक दशकभन्दा पुराना विमानलाई प्रतिस्थापन गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

हवाई यात्राका लागि बढ्दो माग र बजेटको यथेष्ठ विनियोजनका कारण हालैका वर्षहरूमा भियतनामको उड्डयन क्षेत्र फस्टाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।