विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथि : आईएमएफ

अर्थबिट २०८०-०५-२८ १३:४१:०० बजे

वासिङटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।

आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा नौ प्रतिशत बढी हो ।

आईएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठह¥याएको छ, जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ । 

आईएमएफले भनेको छ, “वित्तीय घाटाले सार्वजनिक ऋणको स्तरलाई उच्च राखेको छ, किनकि धेरै सरकारहरूले वृद्धिलाई बढावा दिन र महामारीसँग सम्बन्धित वित्तीय समर्थन समाप्त भए तापनि खाद्य र ऊर्जाको मूल्य वृद्धि रोक्न बढी खर्च गरेका छन् ।”

यसले सरकारहरूलाई निजी ऋणको ‘सतर्क निगरानी’ र सार्वजनिक ऋण स्थिरता व्यवस्थापन गर्न ‘विश्वसनीय’ वित्तीय ढाँचाहरू सिर्जना गरेर ऋणको कमजोरी कम गर्न ‘तत्काल कदम’ चाल्न आह्वान गरेको छ । 

महामारीको समयमा ऋणको स्तर बढे पनि सार्वजनिक र निजी क्षेत्र दशकौंदेखि बढ्दै गएका छन् । 

आईएमएफका अनुसार यो वृद्धिको ठूलो हिस्साका लागि चीन जिम्मेवार छ, हालका वर्षहरूमा कुल गार्हस्थ उत्पादन प्रतिशतको रूपमा उसको ऋण तीव्र रूपमा बढेको छ र संयुक्त राज्य अमेरिकाको समान स्तरमा पुगेको छ । 

न्यून आय भएका देशहरूमा ऋण पनि बढ्दै गएको छ, जसले ‘चुनौती र कमजोरी’ हरू सिर्जना गरेको छ । यसमा कम आय भएका विकासशील देशहरूको आधाभन्दा बढीमा ऋण सङ्कटको उच्च जोखिम पनि समावेश छ । 

आईएमएफले भनेको छ, “ऋणको बोझ कम गर्नाले वित्तीय रिक्तता सिर्जना हुनेछ र नयाँ लगानीलाई अनुमति दिनेछ । यसले आगामी वर्षहरूमा आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्नेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।