युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव

अर्थबिट २०८०-०६-०२ १२:१२:०० बजे

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा युद्ध सुरू भएको केही दिनपछि युरोपेली सङ्घले आफ्नो अस्थायी सुरक्षा निर्देशन जारी गरेको थियो ।

युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले ४० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षा प्रदान गर्ने निश्चितता र समर्थन प्रदान गर्नेछ ।” 

मस्कोले युक्रेनमा नागरिक पूर्वाधारमा आक्रमण सुरु गरेसँगै रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीविरुद्धको युद्ध करिब १९ महिनादेखि कम हुने कुनै सङ्केत देखेको छैन । 

प्रारम्भिक उपाय मार्च २०२४ सम्म चल्ने तय गरिएको थियो । 

आयोगले शरणार्थीहरूको सुरक्षित र दिगो फिर्तीका लागि अझै अनुकूल नभएको वर्तमान, अस्थिर परिस्थितिको आवश्यक र उपयुक्त प्रतिक्रियाको रूपमा यसलाई लम्ब्याउनुपर्ने बताएको छ । 

यो उपायले ईयूमा रहेका युक्रेनीहरूलाई रोजगार बजार, चिकित्सा हेरचाह र शिक्षामा पहुँच प्रदान गर्दछ । यो प्रस्तावलाई अब इयूका सबै २७ देशले अनुमोदन गर्नुपर्नेछ । त्यहाँ कुनै ठूलो विरोध हुने अपेक्षा गरिएको छैन । 

गत वर्ष लाखौं युक्रेनी नागरिकको अचानक विस्थापनले दोस्रो विश्वयुद्धपछि युरोपले सामना गरिरहेको सबैभन्दा तीव्र गतिमा बढिरहेको शरणार्थी सङ्कटको प्रतिनिधित्व गरेको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।