चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण

अर्थबिट २०८०-०६-१६ १४:२२:०० बजे

वासिङटन । विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले भन्नुभयो, “चीनसँग उल्लेखनीय शक्ति छ । आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादनलाई आविस्कार गर्दैछ यस प्रकारको मानव क्षमता चीनमा सिर्जना भइरहेको छ र यसले उत्पादनमा चीनको बृहङ्गम क्षमता देखाएको छ ।”

चीनले छोटो अवधिमा कसरी विकासलाई गति दिन सकिन्छ भनेर मात्र नसोचेको याोभन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बनाएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“चीनले कसरी विकास गर्ने भन्नेभन्दा पनि चीनले कति विकास गर्न लागेको छ भन्ने प्रश्न कम रोचक छैन ।”

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार, यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र  सन् २०२४ मा ४.५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको  छ ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले भन्नुभयो, “पूर्वी एशिया र प्रशान्त क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको र गतिशील क्षेत्रमध्ये एक हो ।”

फेरोले भन्नुभयो, “मध्यावधिमा उच्च आर्थिक वृद्धिलाई कायम राख्न औद्योगिक प्रतिस्पर्धात्मकता कायम राख्न, व्यापारिक साझेदारहरूलाई विविधीकरण गर्न र सेवा क्षेत्रको उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने क्षमतालाई उजागर गर्न सुधारको आवश्यकता पर्नेछ ।” 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।