एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

अर्थबिट २०८०-०६-१६ ०८:०३:०० बजे

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने र नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार व्यक्त गर्नुभयो । कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडी बढ्न एमसीए नेपाललाई निर्देशन समेत दिनुभयो ।

त्यसैगरी  प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गर्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।