चीनमा प्राकृतिक ग्यास खपतमा वृद्धि

अर्थबिट २०८०-०६-२८ १७:४२:०० बजे

बेइजिङ । चीनमा पछिल्लो आठ महिनामा प्राकृतिक ग्यास खपतमा वृद्धि भएको छ  । हरित विकास हासिल गर्ने प्रयासका साथ सन् २०२३ को पहिलो आठ महिनामा चीनको प्राकृतिक ग्यासको खपत निरन्तर बढेको चीनको आर्थिक योजनाको तथ्याङ्कले देखाएको छ ।  

चिनियाँ विकास तथा सुधार आयोगका अनुसार जनवरीदेखि  अगस्टको अवधिमा प्राकृतिक ग्यासको खपत वार्षिक सात दशमलव चार चार प्रतिशतले बढेर दुई सय ५९ दशमलव ८१ अर्ब घनमिटर पुगेको छ । तथ्याङ्कअनुसार अगस्टमा मात्र प्राकृतिक ग्यासको खपत ११ दशमलव एक प्रतिशतले बढेर ३२ अर्ब ६८ करोड घनमिटर पुगेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।