चीनको अर्थ मन्त्रालयद्वारा हङकङमा १६ अर्ब युआनको ट्रेजरी बण्ड जारी

अर्थबिट २०८०-०७-०८ १२:५९:०० बजे

बेइजिङ । चीनको अर्थ मन्त्रालयले बुधबार हङकङ विशेष प्रशासनिक क्षेत्रमा कुल १६ अर्ब युआन (लगभग २ अर्ब २३ करोड अमेरिकी डलर) बराबरको युआन ट्रेजरी बण्ड जारी गरेको छ।

दुई वर्षे ऋणपत्रमा ४ अर्ब युआन, तीन वर्षे ऋणपत्र ५ अर्ब युआन, ५ वर्षे ऋणपत्र ४ अर्ब र १० वर्षे ऋणपत्र ३ अर्ब युआन समावेश रहेको मन्त्रालयले जनाएको छ । ऋणपत्रको सम्बन्धित ब्याजदर २.६५ प्रतिशत, २.७५ प्रतिशत, २.८५ प्रतिशत र २.९५ प्रतिशत रहेको छ ।

सर्कुलसनमा रहेको कुल बोलपत्रको २ दशमलव ४४ गुणा बढी बोलपत्र लिएर लगानीकर्ताले यो निष्कासनलाई राम्रोसँग प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।