टाटा समूहको लगानीमा भारतमा आईफोन बनाइने

अर्थबिट २०८०-०७-११ १४:५१:०० बजे

नयाँदिल्ली । भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्नेभएको छ ।

समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार बताउनुभएको हो । 

विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो । 

प्लान्ट स्रोतले गराएको जानकारी अनुसार, कारोबार मूल्य अनुमानित १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

चन्द्रशेखरले भन्नुभयो, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आईफोन बनाउन सुरु गर्नेछ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।