पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि

अर्थबिट २०८०-०७-२० १३:५०:०० बजे

इस्लामाबाद । पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ । 

गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई देशभरका जिनिङ फ्याक्ट्रीमा आइपुगेको छ ।

गत वर्ष लगभग पूरै बाली गुमाएको दक्षिण सिन्ध प्रान्तमा यस वर्ष कपास उत्पादनमा १३२ प्रतिशतले वृद्धि भएको सङ्घले जनाएको छ ।

उत्पादनमा वृद्धि भए तापनि, देशले अझै पनि कपडा उद्योगको आवश्यकता पूरा गर्न कपास आयात गर्न आवश्यक छ ।  

सङ्घीय कृषि समिति तय गरेको लक्ष्यअनुसार पाकिस्तानलाई टेक्सटाइल क्षेत्रमा खपतका लागि एक करोड १५ लाख भारी कपास आवश्यक पर्छ । 

यस वर्ष कपासको कुल उत्पादन करिब ९५ लाख भारी हुने अनुमान गरिएको छ भने कपडा व्यवसायीले थप २० लाख भारी आयात गर्नुपर्ने सङ्घले जनाएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।