सस्तो सेवाका लागि नाम चलेको र्‍यान एयरको नाफा बढेपछि शेयरधनीलाई लाभांश, शेयर मूल्य ६ प्रतिशत वृद्धि

अर्थबिट २०८०-०७-२० १४:१०:०० बजे

लण्डन । र्‍यान एयरले उच्च भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेपछि शेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ ।

सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, र्‍यान एयरले एक वक्तव्यजारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा करपछिको नाफा २.२ अर्ब युरो (२.४ अर्ब डलर) पुगेको छ ।”

डब्लिनमा मुख्यालय रहेको विमान सेवाले आफ्नो इतिहासमा पहिलो पटक नियमित लाभांश भुक्तानी सुरु गर्ने जनाएको छ ।

कोभिड–१९ महामारीका कारण विश्वव्यापी रुपमा उडान बन्द भएको दशकको सुरुमा ठूलो नोक्सानी व्यहोरेको उड्डयन क्षेत्रले बलियो पुनरुत्थानको आनन्द लिइरहेको बेला यो कदम चालिएको हो ।

र्‍यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले भन्नुभयो, “हामी ती शेयरधनीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले कोभिडको कठिन समयमा सहयोग गरेका छन् ।”

क्यारियरले अर्को वर्षको फेब्रुअरी र सेप्टेम्बरमा दुई समान भुक्तानीमा फैलिएको ‘४० लाख यूरोको पहिलो साधारण लाभांश’ घोषणा गरेको छ । 

आगामी वर्षहरूमा र्‍यान एयरले खुद मुनाफाको करिब २५ प्रतिशत लाभांश बाँड्ने अपेक्षा गरिएको छ । 

धेरै प्रतिकुलताको बावजुद उच्च वार्षिक मुनाफाको अपेक्षाको साथ लाभांश घोषणा भएका छन् । यसले डब्लिनमा र्‍यान एयरको शेयर मूल्य १६.१२ यूरो अर्थात् छ प्रतिशत वृद्धि गर्न मद्दत गरेको छ । 

र्‍यान एयरले यसअघि सन् २०२० सम्मको १२ वर्षको अवधिमा ६ अर्ब ७४ करोड यूरो बराबरको शेयर पुनःखरीद र तदर्थ लाभांश भुक्तानी गरिसकेको कम्पनीले एएफपीसँग बताएको छ । 

ओलेरीले थप्नुभयो, “विमान कम्पनीको पूर्ण–वर्ष परिणाम अहिले र मार्चको अन्त्यसम्म यूक्रेन वा गाजा आक्रमणजस्ता ‘कुनै अप्रत्याशित प्रतिकूल घटनाहरूको अनुपस्थितिमा अत्यधिक निर्भर रहन्छ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।