सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

अर्थबिट २०८०-०९-०८ १५:५६:०० बजे

कोलम्बो । डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख ४ हजार ९९८ पर्यटकहरू श्रीलङ्का प्रवेश गरेका छन् । 

प्रतिवेदन अनुसार डिसेम्बर १ देखि डिसेम्बर २१ सम्म मात्रै श्रीलङ्कामा १ लाख २८ हजार ४७ पर्यटक आएका थिए ।

भारत, रुस, बेलायत, जर्मनी, अष्ट्रेलिया र चीनबाट अत्यधिक पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् ।

पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने मध्येको एक प्रमुख माध्यम हो। सरकारले आगामी मौसममा पर्यटन प्रवर्धन गर्न चीन, भारत, इन्डोनेसिया, रुस, थाइल्याण्ड, मलेसिया र जापानका नागरिकको भिसा शुल्क मिनाहा गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।