सन् २०२३ मा ८० हजारभन्दा बढी क्रुज पर्यटकहरू फिलिपिन्स भ्रमणमा

अर्थबिट २०८०-०९-१३ १४:४२:०० बजे

मनिला । सन् २०२३ को हालसम्म ८० हजार भन्दा बढी क्रुज जहाज पर्यटकहरूले फिलिपिन्स भ्रमण गरेका छन् ।  फिलिपिन्स बन्दरगाह प्राधिकरण (पीपीए) ले बिहीबार बताए अनुसार थप अन्तरराष्ट्रिय क्रुज जहाजहरू कोभिड-१९ को जटिलता सहज भएपछि फिलिपिन्स भ्रमणमा यसरी ठूलै सङ्ख्यामा निस्केका हुन् ।

प्राधिकरणका महाप्रबन्धक जय स्यान्टियागोले यति ठूलो सङ्ख्यामा सामुद्रिक यात्राबाट पर्यटकहरू फेरि फिलिपिनो संस्कृतिको मजा लिन भ्रमणमा आउनु महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।  विश्व क्रुज अवार्डले फिलिपिन्सलाई सन् २०२३ मा एसियाको उत्कृष्ट क्रुज गन्तव्यको रूपमा उल्लेख गरेको छ । 

पर्यटन सचिव क्रिस्टिना फ्रास्कोले पुरस्कारको प्रशंसा गर्दै सम्मानलाई "उल्लेखनीय उपलब्धी" को रूपमा वर्णन गर्नु भएको छ।

"यो पुरस्कार पहिलो पटक फिलिपिन्सले प्राप्त गरेको छ यसले विश्वव्यापी जलमार्ग पर्यटन क्षेत्रमा उदियमान देशको रूपमा प्रतिष्ठा निर्माण गरेको छ, यो आफैमा महत्त्वपूर्ण छ" फ्रास्कोले भन्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।