अफगानिस्तानको केन्द्रीय बैंकले स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने

अर्थबिट २०८०-१०-१४ १५:०५:०० बजे

काबुल । केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ। बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा  निकै खस्किरहेको छ। गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो ।

विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।