चालु आवमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो

अर्थबिट २०८०-१०-१९ ०९:३६:०० बजे

इस्लामाबाद । चालु आर्थिक वर्ष ( सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म ) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ ।  यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ प्रतिशतले कमी आएको मन्त्रालयले बिहीबार  विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिअनुसार सन् २०२४ जनवरीमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा २६.९  प्रतिशतले बढेको छ भने आयातमा ४.५ प्रतिशतले गिरावट आएको छ ।

पाकिस्तानको विश्वव्यापी व्यापारमा सकारात्मक प्रवृत्तिले देशले अन्तर्राष्ट्रिय व्यापार  निरन्तर विस्तार भइरहेको पाकिस्तानी वाणिज्य मन्त्री गौहर एजाजलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता सकारात्मक प्रवृत्तिहरूले व्यापार तथा आर्थिक वृद्धिलाई प्रवद्धन गर्ने सरकारको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो ।    

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।