अस्ट्रियामा जनवरी महिनाको मुद्रास्फीति २ वर्षमा सबैभन्दा न्यून स्तरमा

अर्थबिट २०८०-११-१० १३:०७:०० बजे

भियना । अस्ट्रियाको वार्षिक मुद्रास्फीति जनवरी महिनामा ४.५ प्रतिशतमा झरेको छ । 

उक्त गिरावट सन् २०२१ डिसेम्बरपछिको सबैभन्दा कम हो ।

तथ्याङ्क विभाग अस्ट्रियाका महानिर्देशक टोबियास थोमसले उक्त गिरावट मुख्यतया घरेलु ऊर्जाको मूल्यमा कमी आएको र विशेष गरी बिजुलीको मूल्यमा भएको गिरावटले गर्ता भएको बताउनु भएको छ ।

थोमसले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ-, "अन्य धेरै क्षेत्रहरू जस्तै ईन्धनको मूल्य अब अघिल्लो महिनाहरूमा जस्तो तीव्र रूपमा बढेको छैन।"

सन् २०२३ डिसेम्बर मा वार्षिक मुद्रास्फीति दर ५.६ प्रतिशतमा रहेको थियो थियो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।